साताको शेयर बजार: परिसूचक ३१८० विन्दुमा, ९७ अर्ब ५९ करोडको कारोबार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । शेयर बजारमा कारोबार मापक नेप्सेमा लगातार वृद्धि देखिएको छ । धितोपत्र बजारमा यो साता नेप्से ऐतिहासिक बिन्दुमा पुगेर फर्किएको हो ।

लगानीकर्ताका आत्मविश्वासको मात्रामा वृद्धि भएसँगै बजार एतिहासिक बिन्दुमा पुगेको छ । यो सात नेप्से ३२ सय नाघेको थियो ।

धितोपत्र बजारमा यस साता ९७ अर्ब बढीको कारोबार भएको छ । यो साता २२९ वटा कम्पनीहरुको शेयर कारोबार भएका छन् ।

जसबाट यो साता १ करोड २३ लाख ७२ हजार ७० कित्ता शेयर बढी कारोबार भएको छ । जसबाट कूल कारोबार रकम ९७ अर्ब ५९ करोड ६१ लाखभन्दा बढीको शेयर खरीदविक्री भएको छ ।

यो कारोबार रकम गत साताको भन्दा बढी हो । गत साता यो रकम ७९ अर्ब २६ करोड ८ लाख ४० हजार रहेको थियो ।

गत साताभन्दा यो साता कारोबार रकम रू। १८ अर्ब ३३ करोड ५२ लाख ९६ हजार बढी भएको हो । यो साता सेन्सेटिभ इन्डेक्स भने १ दशमलव शून्य १ अंक घटेर ५९० दशमलव १५ विन्दुमा झरेको छ ।

गत साता सेन्सेटिभ इन्डेक्स ५९१ दशमलव १६ विन्दुमा थियो । यो साता बजार स्थिर देखिएको छ । मौद्रिक नीतिपछि लगानीकर्ताहरु अन्योलमा रहेको देखिन्छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।