धितोपत्र बोर्डका अध्यक्ष र नेप्सेका सीईओलाई निलम्बन गरी कारबाही थाल्न सांसदको माग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । प्रतिनिधिसभा अन्तरगतको संसदीय समितिमा नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत (सिईओ) र नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्षलाई निलम्बन गर्न माग उठेको छ ।

अर्थ समितिको शुक्रबार बसेको बैठकमा सहभागी सांसदहरुले बोर्ड अध्यक्ष भिष्मराज ढुंगाना र नेप्सेका प्रमुखलाई चन्द्रसिंह साउदलाई छानविन गरि कारवाही गर्न माग गरेको हो ।

सर्वोत्तम सिमेन्टको सेयर ढुंगानाको छोरीको नाममा र साउदको श्रीमतीको नाममा सेयर किनेको भेटिएपछि सांसदहरुले दुवैजनालाई निलम्बन गर्दै कारबाही प्रक्रिया अगाडि बढाउन माग गरेका हुन् ।

बैठकमा सांसद रामबावु यादवले भने ‘निलम्बन नगरी कसरी अनुसन्धान हुन्छ ?, ‘उहाँले अनुसन्धानलाई प्रभावित पार्न सक्नुहुन्छ, त्यसैले निलम्बन गरेर छानविन गर्नुपर्छ ।’

अर्थमन्त्री जनार्दन शर्माले पनि मन्त्रालयले आन्तरिक रुपमा छानविन गरिरहेको र प्रतिवेदनका आधारमा कारवाही गर्ने तयारी भैरहेको जानकारी समिति बैठकमा दिएका थिए ।

मन्त्रालयले सर्वाेत्तमको सेयर खरिदबारे स्पष्ट पार्न भनेको तर त्यसको जवाफ चित्त बुझ्ने नआएपछि पुनः स्पष्टीकरण सोधिएको र सोको जवाफ पनि गतिलो नआएपछि छानविन प्रक्रिया अघि बढाईसकेको मन्त्री शर्माले समिति बैठकमा जानकारी दिएका थिए ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।