शुक्रबारदेखि काठमाडौंमा ४० वर्षमाथिकालाई खोप दिइने (सूचीसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । शुक्रबारदेखि काठमाडौंमा ४० वर्षमाथिका नागरिकलाई कोरोनाविरुद्धको भेरोसेल खोपको पहिलो डोज दिइने भएको छ ।

स्वास्थ्य कार्यालय काठमाडौंकाअनुसार ४ देखि ६ भदौसम्म सञ्चालन हुने खोप अभियानमा ४० वर्षमाथिका नागरिकलाई खोपको पहिलो मात्रा दिइने छ ।

यसकासाथै काठमाडौंमा १८ वर्षमाथिका प्लस टु अध्ययनरत र विश्वविद्यालय तहको परीक्षाको प्रवेशपत्र लिएका विद्यार्थीलाई पनि शुक्रबारदेखि नै खोप दिइने कार्यलयले जनाएको छ ।

यी हुन् खोप केन्द्रहरू :

१‌.सशस्त्र प्रहरी अस्पताल, बलम्बु

२. वीरेन्द्र सैनिक अस्पताल, छाउनी

३. राधास्वामी आइसोलेसन सेन्टर, सामाखुसी

४. नेपाल प्रहरी अस्पताल, महाराजगञ्ज

६.वीर अस्पताल, रत्नपार्क

७.निजामति कर्मचारी अस्पताल, वानेश्वर

८..परोपकार प्रसूती गृह तथा स्त्रीरोग अस्पताल, थापाथली

९.शिक्षण अस्पताल, महाराजगञ्ज

१०.काठमाडौं महानगरपालिकाका ३२ वटा वडाहरु र आवश्यकता अनुसार पालिकाले तोकेको थप खोप केन्द्र

११. अन्य नगरपालिकाको हकमा सोही पालिकाले तोकेको खोप केन्द्र

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।