माथिल्लो तामाकोशीले पूर्ण क्षमतामा विद्युत उत्पादन गर्न थाल्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । माथिल्लोे तामाकोसी जलविद्युत् आयोजनाका सबै युनिट पूर्ण रूपमा सञ्चालनमा आएका छन्। 

राष्ट्रिय गौरवको आयोजनाका रुपमा निर्माण गरिएको उक्त जलविद्युत् आयोजनाका ६ वटै युनिटबाट ४५६ मेगावाट विद्युत उत्पादन सुरु भएको हो।

पाँच वटा युनिट यसअघि नै सञ्चालनमा आइसकेकोमा थप एक युनिट गरी आयोजनाको ६ वटै युनिटबाट ७६ मेगावाटका दरले विद्युत उत्पादन भइरहेको आयोजनाले जानकारी दिएको छ।

२०६८ सालमा निर्माण सुरु गरिएको उक्त आयोजना २०७२ साल भित्रै सक्ने लक्ष्य लिइएको थियो। तर, २०७२ सालको वैशाखमा गएको महाभूकम्पका कारण आयोजनाको निर्माण अवधि लम्बिएको थियो। आयोजनाको सुरुको लागत ३५ अर्ब रुपैयाँ अनुमान गरिएको थियो।

तोकिएको समय भन्दा करिब ६ वर्षपछि आयोजना निर्माण सम्पन्न हुँदासम्म लागत बढेर दोब्बर भन्दा बढी पुगिसकेको छ। आयोजना निर्माणको सुरुमा प्रतिमेगावाट ८ करोड रुपैयाँ लागत पर्ने अनुमान गरिएको थियो। तर, तोकिएको समयावधिमा आयोजना निर्माण सम्पन्न नहुँदा प्रतिमेगावाट १६ करोड रुपैयाँलागत पुगेको आयोजनाले जनाएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।