सेयर ब्रोकरको अनुमति माग्दै विकास बैंक पुगे धितोपत्र बोर्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । विकास बैंकहरुले आफ्ना सहायक कम्पनीहरु मार्फत धितोपत्र व्यवसाय (स्टक ब्रोकर) कारोबारको लागि चासो देखाएका छन् । 

डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालले विकास बैंकहरुले पनि आफ्ना सहायक कम्पनीहरु मार्फत धितोपत्र व्यवसाय गर्ने अनुमती प्रदान गरिदिनका लागि नेपाल धितोपत्र वोर्डलाई पत्र लेखेको हो ।  सहायक कम्पनीले बोर्डबाट अनुमतिपत्र प्राप्त गरी धितोपत्र दलाल वा धितोपत्र व्यापारीको कार्य गर्न सक्नेछ भन्ने व्यवस्था अनुसार बिकास बैंकहरुले पनि आफ्ना सहायक कम्पनीहरु मार्फत धितोपत्र व्यवसाय गर्ने अनुमती प्रदान गरिदिन धितोपत्र बोर्डलाई पत्र लेखेको डेभलमेन्ट बैंकर्स एसोसियसनले जनाएको छ ।  

धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा ६२ मा बोर्डको सिफारिसमा सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी प्रचलित कानून बमोजिम स्थापना भएका बैंक वा वित्तीय संस्थाले आफ्नो सहायक कम्पनी मार्पत मात्र धितोपत्र व्यवसाय गर्न पाउने गरी तोकिदिन सक्नेछ भन्ने व्यवस्था रहेको एसोसियसनले जनाएको छ ।

सोही ऐनलाई कार्यान्वयन गर्नका लागि सरकारबाट स्वीकृति लिइ बोर्डले बनाएको धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को दफा ७ को १ नं. बुंदामा प्रचलित कानून बमोजिम स्थापना भएको क बर्गका बैंक वा विशेष ऐन द्वारा स्थापित वित्तीय संस्थाको कम्तिमा ५१ प्रतिशत स्वामित्व भएको सहायक कम्पनीले बोर्डबाट अनुमतिपत्र प्राप्त गरी धितोपत्र दलाल वा धितोपत्र व्यापारीको कार्य गर्न सक्नेछ भन्ने व्यवस्था छ ।

सोही व्यवस्थाअनुसार विकास बैंकहरुले पनि आफ्ना सहायक कम्पनीहरु मार्फत धितोपत्र व्यवसाय गर्ने अनुमति प्रदान गरिदिनका लागि उनीहरुले बोर्डलाई पत्र लेखेका हुन् । 

विकास बैंकहरुले कम्पनी ऐन २०६३ अनुसार स्थापना भइ बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ अनुसार नेपाल राष्ट्र बैंकबाट ख बर्गको इजाजत प्राप्त लिइ बैंकिङ् सेवा प्रदान गर्दछन् ।  

राष्ट्रिय स्तरका बिकास बैंकहरुको औंषत चुक्ता पूँजी ३ अर्ब ४० करोड रुपैयाँ नाघिसकेको छ । त्यस्तैगरी विकास बैंकहरुले १ हजार बढी शाखाबाट करिव ४१ लाख खातावालाहरुलाई  बैंकिङ् सेवा प्रदान गर्दै ३ लाख बढी ग्राहकलाई कर्जा प्रवाह गरेका छन् । त्यस्तैगरी, २०७८ असार मसान्त सम्ममा ४४५ अर्ब रुपैयाँ निक्षेप परिचालन गरी ३८३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।