सुरु भयो नेपाल आइडलको डिजिटल अडिसन, कसरी दिने अडिसन ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । गायन रियालिटी सो ‘नेपाल आइडल’को चौथो संस्करणको डिजिटल अडिसन सुरु भएको छ ।

कोरोनाका कारण प्रभावित रियालिटी शोको नयाँ संस्करण आज (मंगलबार)बाट सुरु भएको हो । डिजिटल अडिसनपछि छनौटमा परेकाहरूलाई फिजिकल अडिसन सञ्चालन गरी सहभागी गराइनेछ ।

डिजिटल अडिसनमा १६ वर्षदेखि ३० वर्ष उमेर समूहका नेपाली नागरिक सहभागी हुन पाउनेछन् । एपी वान एचडी टेलिभिजनबाट प्रसारण हुँदै आएको यसको चौथो संस्करणमा निर्णायक को हुने भन्नेबारे भने टुङ्गो लागिसकेको छैन ।

अडिसन दिनका लागि आफ्नो मोबाइल फोनको ‘प्ले स्टोर’मा गएर एपिवानको  एप्लिकेसन डाउनलोड गर्नुपर्नेछ ।  त्यसपछि अडिसन ओपनमा गएर नेपाल आइडल क्लिक गरी त्यहाँ मागिएको विवरण भर्नुपर्नेछ । र, आफ्नै स्वरमा गाएको दुईवटा फरक विधाका गीत अपलोड गर्नुपर्नेछ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।