मर्निङवाकमा जानेहरूलाई ट्राफिक प्रहरीद्वारा मास्क वितरण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको तेस्रो लहर आउन सक्ने चेतावनी गराइरहँदा सर्वसाधारणले भने स्वास्थ्य सावधानी अपनाउन बेवास्ता गरेका छन् ।

महानगरीय ट्राफिक प्रहरी प्रभाग सुकेधाराको टोलिले सडकमा मर्निङ्ग वाकका लागि घरबाट निस्किएका सर्वसाधारणलाई अनिवार्य मास्क लगाउन प्रेरित गर्ने उद्देश्यले मास्क वितरण कार्यक्रम गरेको छ ।

स्थानीय निकाय, संघ संस्थासँगको सहकार्यमा मास्क वितरण गरिएको ट्राफिक प्रहरी प्रभाग सुकेधाराले जनाएको छ।

उपत्यकामा कोरोनाको जोखिम नहेटकाले मर्निङ्ग वाकका लागि घरबाट निस्किएका सर्वसाधारणलाई सचेत गराउने उद्दैश्यले उक्त कार्यक्रम गरिएको प्रभाग सुकेधाराका प्रहरी नायव निरीक्षक बिदुर भट्टराईले बताए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।