एमाले स्थायी कमिटि र संसदीय दलको बैठक बस्दै,यस्ता छन् एजेन्डा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एमाले)ले स्थायी कमिटी र संसदीय दलको बैठक बोलाएको छ । 

सरकारले संसद् अधिवेशन अन्त्य गरे लगत्तै प्रमुख प्रतिपक्षी दलका अध्यक्ष केपी शर्मा ओलीले मंगलबार बैठक बोलाएका हुन् ।

बिहान ११ बजे स्थायी कमिटीको बैठक र दिउँसो २ बजे संसदिय दलको बैठक बस्नेछ। दलको बैठकमा उपस्थित हुन नेकपा एमालेका १२१ जना सांसदलाई नै खबर गरिएको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए। दलको बैठक नयाँ बानेश्वरस्थित संसद भवनको लोत्से हलमा बस्ने छ। 

उता स्थायी कमिटी बैठक भने पार्टी अध्यक्ष केपीशर्मा ओलीको निवास बालकोटमा बस्न लागेको नेताहरूले बताएका छन । सरकारले संसदको चालू अधिवेशन अन्त्य गरेर राजनीति दल विभाजन सम्बन्धि संसोधन अध्यादेश ल्याउन लागेको चर्चाबिच एमालेले आन्तरिक छलफल गर्न लागेको हो। 

एमाले विभाजन गराउन कै लागि अध्यादेश ल्याउन खोजिएको भन्दै एमालेले त्यसो गरिए स्वीकार्य नहुने प्रतिक्रिया दिइसकेको छ। सोमबार राती बालकोट स्थायी कमिटी र केन्द्रीय कमिटीका नेताहरूसँग आन्तरिक छलफलपछि अध्यक्ष ओलीले अपिल जारी गर्दै एमाले विभाजन गराउन खोजिएको भन्दै पार्टी एकतामा गम्भीर हुन नेता कार्यकर्तालाई आग्रह गरेका छन्। 

यस्तो छ अपिल 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।