अफगानिस्तानमा अलपत्र परेका नेपालीलाई स्वदेश फर्काउन भट्टराईको माग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले अफगानिस्तानमा अलपत्र परेका नेपालीहरुको जीवनरक्षाका लागि सरकारसमक्ष माग गरेका छन् ।

उनले आइतबार ट्वीटमार्फत अलपत्र परेका १४ हजार बढी नेपाली कामदारलाई तुरून्त स्वदेश फर्काउन आलटाल गर्न नहुने भन्दै उनीहरुको जीवनरक्षाको माग गरेका हुन् ।

उनले ट्वीटमा लेखेका छन्, ‘अफगानिस्तानमा सुरक्षा संकटमा परेका १४ हजार बढी नेपाली कामदारलाई तुरुन्त स्वदेश फर्काउन सरकारले आलटाल/वहानावाजी गर्नुभएन । पहिलो त त्यस्ता द्वन्द्वग्रस्त ठाँउमा आफ्ना नागरिकलाई पठाउन र जाने वातावरण बनाउनै हुँदैनथ्यो । गैसकेपछि तिनको जीवनरक्षा गर्नु राज्यको दायित्व हो । किन्तुपरन्तु नहोस् !’

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।