पाँचौँ पटक सारियो कांग्रेस महाधिवेशनको मिति, अब मंसिरमा हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं  । नेपाली कांग्रेस महाधिवेशनको मिति फेरि सरेको छ । कांग्रेसको १४औँ केन्द्रीय महाधिवेशनको मिति पाँचौं पटक सारिएको हो ।

प्रधानमन्त्री तथा कांग्रेसका सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बसेको केन्द्रीय समितिको बैठकले भदौको मिति सारेर मंसिर ९ गतेको लागि सारेको हो । अब मंसिर ९ गतेदेखि १३ गतेसम्म
महाधिवेशन काडमाडौँमा हुनेछ।

यसअघि भदौ १६ गतेदेखि १९ गतेसम्म महाधिवेशन गर्ने निर्णय भएको थियो। बैठकले क्रियाशील सदस्यको अन्तिम नामावली भदौ २ गतेभित्र बुझाइसक्ने र असोज १८ गते वडा अधिवेशन गर्ने निर्णय गरेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।