सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बिहीबार सुनको मूल्य बढेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला ६०० रुपैयाँ बढेको हो ।

बुधबार प्रतितोला ८८ हजार ८०० मा कारोबार भएको छापावाल सुनको मूल्य आज ६०० रुपैयाँ बढेर प्रतितोला ८९ हजार ४०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मुल्य पनि बढेर प्रतितोला ८८ हजार ९५० रुपैयाँ कायम भएको छ ।

बिहीबार चाँदीको मूल्यमा भने कुनै परिवर्तन भएन । आज चाँदीको कारोबार मूल्य प्रतितोला ११९० रुपैयाँ कायम भएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।