सरकारले ७ लाखको पत्रकार दुर्घटना बीमा प्रिमियमको ५० प्रतिशत रकम व्यहोर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले श्रमजीवि पत्रकारका लागि ७ लाख रुपैयाँसम्मको दुर्घटना बीमा गरी बीमा प्रिमियमको ५० प्रतिशत रकम व्यहोर्ने भएको छ ।

सिंहदरबारमा बुधवार बसेको प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिको बैैठकमा बोल्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका निमित्त सचिव डिल्लीराम शर्माले परिवर्तित सन्दर्भमा श्रमजीवि पत्रकारका लागि ७ लाख रुपैयाँसम्मको दुर्घटना बीमा गरी बीमा प्रिमियमको ५० प्रतिशत रकम नेपाल सरकारले व्यहोर्ने बताए ।

उनले नेपाल पत्रकार महासंघको सदस्य रहेका पत्रकारलाई प्रेस काउन्सिलले जारी गरेको उपचार सुविधा परिचयपत्रको अधारमा सबै सरकारी स्वास्थ्य संस्थामा निःशुल्क उपचार गरिने बताए ।

उनले भने, ‘परिवर्तित सन्दर्भमा श्रमजीवि पत्रकारका लागि ७ लाख रुपैयाँसम्मको दुर्घटना बीमा गरी बीमा प्रिमियमको ५० प्रतिशत रकम नेपाल सरकारले व्यहोर्नेछ ।’

सूचनाको प्रयोगबाट स्थानीय भाषा, संस्कृति तथा मौलिकताको संरक्षणका लागि नेसनल ल्याङ्ग्वेज कम्प्यूटेस्नल रिसोर्स प्याक निर्माण गरी प्रयोगमा ल्याउने, डिजिटल हस्ताक्षरको कार्यान्वयन गर्ने, रेडियो नेपाल र नेपाल टेलिभिजनको प्रसारण पहुँच विस्तार गर्ने र नेपाल टेलिभिजनको प्रशारणलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउन एनटीभी वल्र्ड च्यानल सञ्चालनमा ल्याउने कार्ययोजना मन्त्रालयको छ ।

प्रदेश सञ्चारग्राम स्थापना र सञ्चालन गर्ने, राहदानी, हुलाक, टिकट, अन्तशुल्क, स्टिकर, चेकबुक, स्मार्ट कार्ड जस्ता मुलुकभित्रै मुद्रण गर्ने, हुलाकलाई जिम्मेवार र जवाफदेही बनाउने, चलचित्र क्षेत्रलाई सांस्कृतिक एवं मनोरञ्जनात्मक उद्योगको रूपमा विकास गर्ने र स्वदेशी चलचित्रको विकास र संरक्षण गर्ने र सरकारको साझा न्यूनतम कार्यक्रममा उल्लेखित विषयको कार्यान्वयन गर्ने पनि मन्त्रालयको आगामी कार्ययोजनामा रहेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।