प्रधानमन्त्री सचिवालयलाई कांग्रेस प्रवक्ताको सुझाव- : ‘काम राम्रो भए जनता आफैँले बनाउनेछन् भिडियो’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  सत्तारुढ दल नेपाली कांग्रेसले प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले सार्वजनिक गरिरहेको भिडियोप्रति  प्रवक्ता विश्वप्रकाश शर्माले  आपत्ति जनाएका छन् ।

प्रधानमन्त्री देउवाको नाममा खोलिएको भाइबर ग्रुपमार्फत् ‘मलाई शेरबहादुर देउवा मनपर्छ, किन भने’ शीर्षक राखेर विभिन्न भिडियो सार्वजनिक भएको भन्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार एक ट्वीट गर्दै आपत्ति जनाएका हुन्।

प्रवक्ता शर्माले ट्विटरमा लेखेका छन्, ‘प्रधानमन्त्रीले काम गर्ने वेला हो यो । उहाँलाई सही सल्लाह र साथ दिने वेला हो । काम राम्रो भए जनता आफैँले बनाउनेछन्- `भिडियो´, नत्र पार्टीले बनाउला । पहिले फूल रोपौँ, गोडमेल राम्रो गरौँ, सुवास प्रकृतिले पछि फैलाउँछ l `प्रधानमन्त्रीको सचिवालय´को ध्यानाकर्षण गराएको छु l जय नेपाल !’

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।