लुम्बिनीका मुख्यमन्त्री भन्छन्- प्रतिपक्षले सत्ता पक्षलाई ‘अपहरण’को आरोप पनि लगाएछ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रतिपक्षी दलले सांसद अपहरणको आरोप लगाएको भन्दै ‘असन्तुष्टि’ व्यक्त गरेका छन् ।

प्रदेशसभामा सांसदको संख्या कम हुनुमा ‘जिम्मेवारु रहेको प्रतिपक्षले नै सांसद अपहरणको आरोप लगाएको भन्दै मुख्यमन्त्री पोखरेले त्यसबारे ‘इतिहासले उत्तर खोज्ने’ टिप्पणी गरेका छन् ।

मुख्यमन्त्री पोखरेलले विहीबार आज करिव ८ वजेतिर सामाजिक संजालमा स्टाटस लेख्दै भनेका छन्, ‘दुईजना माननियलाई ‘फकाएर’ राजीनामा गराउन सक्ने, ६ जनालाई ‘अनुशासनुको डण्डा चलाएर निष्कासन गर्न सक्ने र एकजना माननियलाई ‘दल’ परिवर्तन गराउन सक्ने प्रतिपक्षले आज सत्तापक्षलाई ‘अपहरण’ को आरोप पनि लगाएछ । ८७ सदस्यीय प्रदेशसभा कसका कारणले ८० सदस्यमा झर्‍यो ? इतिहासले उत्तर अवश्य खोज्नेछ ।’

तत्कालीन नेकपाबाट निर्वाचित भए पार्टी विघटन भएपछि माओवादी केन्द्र रोजेकी प्रदेशसभा सदस्य विमला खत्री ओलीले बिहीबार वक्तव्य जारी गर्दै आफूलाई अपहरण गरी मुख्यमन्त्री पोखरेलको निवासमा बन्धक बनाइएको आरोप लगाएकी थिइन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।