काठमाडौं । काठमाडौंको बिजेश्वरीमा हारजित हुने गरी ओखर हान्ने (जुवा) खेलिरहेको अवस्थामा २१ जना पक्राउ परेका छन् ।
महानगरीय प्रहरी परिसर काठमाडौंले हारजित हुने गरी ओखर खेलिरहेको भन्ने सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरेको हो ।
महानगरीय प्रहरी परिसरका अनुसार उनीहरू बिजेश्वरीस्थित प्रकाश शाहीको घरको चौथो तलामा बसेर खेलिरहेका थिए।
उनीहरुबाट ६ लाख ४ हजार रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ । उनीहरूमाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ। थप अनुसन्धान गर्न उनीहरूलाई वृत्त स्वयम्भूमा बुझाइएको छ।


Comment