नक्कली पेस्तोल देखाई सहकारीमा धाकधम्की दिने २ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कागेश्‍वरी मनोहरा नगरपालिका ७ मुलपानी भैरबचौरस्थित भैरब बचत तथा ऋण सहकारी संस्थामा नक्कली पेस्तोल देखाई धाकधम्की दिएको अभियोगमा २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा कागेश्‍वरी मनोहरा नगरपालिका ८ बस्ने २५ वर्षीय अल बहादुर बम र सोही ठाउँ बस्ने हुम्ला खार्पुनाथ गाउँपालिका १ घर भएका १८ वर्षीय किशोर रहेका छन् । 

उक्त संस्थामा बा.६५ प ४०८७ नम्बरको स्कुटरमा आएका व्यक्तिहरुले आइतबार दिउँसो पेस्तोल देखाई धाकधम्की दिई डरत्रासमा पारी भागी फरार भएको भन्ने जानकारी प्राप्‍त हुनासाथ महानगरीय प्रहरी वृत्त वौद्घबाट खटिएको प्रहरीले घटनामा संलग्न उनीहरुलाई घटनामा प्रयोग भएको नक्कली खेलौना पेस्तोल १ थान र उक्त स्कुटर सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।