काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डा.जागेश्वर गौतमलाई कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर) को प्रमुख प्रशासकीय पदबाट हटाएको छ ।
मन्त्रालयले सोमबार मन्त्रीस्तरीय निर्णय गर्दै गौतमलाई हटाएको हो । उनको ठाउँमा ट्रमा सेन्टरका डा.रुद्र मरासिनीलाई ल्याइएको छ ।
डा.गौतमलाई प्रसूति तथा स्त्री रोग अस्पताल थापाथलीमा सरुवा गरिएको छ । आइतबार प्रमुख कार्यकारी अधिकारी डा. गौतमको कार्यकक्षमा भत्ता माग्न पुगेका स्वास्थ्यकर्मीमाथि प्रहरीले बल प्रयोग गरेपछि स्थिति तनावपूर्ण भएको थियो ।
डा.गौतमले प्रहरी बोलाएर आफ्नै कर्मचारी कुटाएको आरोप लगाउँदै उनीहरूले सोमबार उनको सरुवाको मागसहित अस्पतालमा धर्ना दिएका थिए ।
Comment