म्याद सकिएका सामान बेच्‍ने कस्मेटिक गोदाममा अपराध महाशाखाको छापा,दुई जना पक्राउ(फोटोफिचर)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ । म्याद सकिएको कस्मेटिक सामग्रीमा नयाँ मिति राखेर बिक्री–वितरण गर्दै आएको एक गोदाममा महानगरीय अपराध महाशाखाबाट खटिएकाे  टोलीले छापा मारेको छ ।

आइतबार बिशेष सुचनाका आधारमा महाशाखाबाट खटिएको प्रहरी टोलीले स्वयम्भूस्थित सानो भर्याङको एक घरमा छापा मारेको हो ।

महाशाखाका प्रवक्ता एसपी कृष्ण कोइरालाका  अनुसार भाटभटेनी, बिग मार्टलगायतका स्थापित चेन सुपर मार्केटमा उनीहरूले नयाँ लेबल र मिति टाँसेर उक्त सामग्री बिक्री–वितरण गर्दै आएका थिए ।

उनले भने, ‘म्याद सकिएको कस्मेटिक सामग्री बिक्री–वितरण हुँदै आएको छ भन्ने सूचना आयो । खोज्दै जाँदा सानो भर्‍याङमा त्यस्ता सामग्रीलाई नयाँ लेबलिङ गर्ने गोदाम नै रहेको खुल्यो । हामीले सोही गोदाममा  छापा  मारेका हौँ । घटनाको थप अनुसन्धान हुन बाँकी छ ।’

तस्विर : मुकुन्द कालिकोटे

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।