राष्ट्रिय योजना आयोगका पदाधिकारीको शपथ आज

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  राष्ट्रिय योजना आयोगका पदाधिकारीको सपथ ग्रहण आज (बिहीबार) बिहान हुने भएको छ। 

गत मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले नियुक्त गरेका उपाध्यक्षसहितका पदाधिकारीलाई बिहीबार बिहान साढे ९ बजे प्रधानमन्त्री शेरबहादुर देउवाले सपथ ग्रहण गराउने छन्। 

यसअघि प्रधानमन्त्री देउवाको अध्यक्षतामा गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले आयोगको उपाध्यक्षमा विश्व पौडेललाई नियुक्त गरेको थियो।

त्यस्तै आयोगको सदस्यहरूमा रामकुमार फुयाँल र दिलबहादुर लिम्बुलाई नियुक्त गरिएको छ। योजना आयोगको अध्यक्ष स्वयं प्रधानमन्त्री रहने व्यवस्था छ। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।