नयाँ पार्टी खोल्ने तयारीमा महन्थ ठाकुर समूह, कानुन व्यावसायीसँग परामर्श गर्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । निर्वाचन आयोगले जसपाको आधिकारिता उपेन्द्र यादवलाई दिएपछि महन्थ ठाकुर र राजेन्द्र महतोले नयाँ पार्टी खोल्ने तयारी गरेका छन्।

नयाँ पार्टी खोल्दा आइपर्ने जटिलता, कानूनी अड्चनका विषयमा उनीहरुले मंगलबार र बुधबार आफूनिकट कानुन व्यावसायीहरूसँग छलफल गरेका छन्। यादवनिकट नेता ज्ञानेन्द्र झाले यसअघि नै निर्वाचन आयोगमा लोकतान्त्रिक समाजवादी पार्टी दर्ताकोलागि निवेदन दिएका छन्।  

ठाकुर र महतोको चाहना पूरानो राजपा ब्युँताउने रहेको स्रोतको दावी छ। तर, उपेन्द्र यादवनिकट नेता हरिनारायण यादवले राजपा दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन्। 

पुरानो राजपा नाम पाउने सम्भावना कति रहन्छ भन्ने विषयमा पनि ठाकुरले कानुन व्यवसायीसँग सल्लाह गरेको स्रोतको दावी छ। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।