काठमाडौं महानगरमा ५० वर्षमाथिका नागरिकलाई खोप लगाइँदै,यी हुन खोप केन्द्र

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौं उपत्यकामा आजदेखि ५० वर्षभन्दा माथिका नागरिकलाई कोभिडविरुद्धको भेरोसेल खोप लगाइँदै छ।

चीनबाट ल्याइएको खोप भेरोसेल लगाउन लागिएकाे महानगरले जनाएको छ। यसअघि छुटेका ५० वर्षभन्दा माथिका सबै नागरिकलाई खोप लगाइने भएकाे छ।

खोप लगाउनका लागि काठमाडौं महानगरका ३२ वटै वडामा खोप केन्द्र तोकिएका छन्। यसअघि छुटेका ५० वर्षभन्दा माथिका सबै नागरिकलाई खोप लगाउन महानगरले अनुरोध गरेको छ।

अत्यावश्यक सेवाका व्यक्तिको हकमा राधास्वामी आइसोलेशन सेन्टर सामाखुसी, वीर अस्पताल, निजामती अस्पताल, शिक्षण अस्पताल महारागञ्ज र टेकु अस्पतालमा खोप कार्यक्रम सञ्चालन हुनेछ। 

खोप लगाउन आवश्यक पर्ने नागरिकतालगायत परिचय खुल्ने प्रमाणपत्रसहित बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म तोकिएको केन्द्रमा जान सकिने महानगरपालिकाले जनाएको छ। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।