काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले निर्मला पन्त प्रकरणबारे प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँणको ध्यानाकर्षण गराएका छन्।
आइतबार बिहान सामाजिक संजाल मार्फत उनले सरकारको ध्यानाकर्षण गराएका हुन्। उनले प्रतिपक्षबाट सत्तापक्ष बनेपछि समयले जवाफ माग्ने बताएका छन्।
‘बालिका निर्मला पन्तको प्रकरण आज साउन १० गते ३ बर्ष पुग्यो । सम्माननीय प्रधानमन्त्रीज्यू र माननीय गृहमन्त्रीको ध्यानाकर्षण गराउन चाहन्छु,’ उनले भनेका छन्, ‘प्रतिपक्षमा छंदा प्रश्न थिए हामीसँग। सत्तारूढ बनेपछिको समयले जवाफ माग्छ। सरकार भर्खर बनेको छ, अब गहन दायित्व निभाउन बिशेष गम्भीरता अपेक्षित छ।’
Comment