लिभरपुलका विल्सन फुलहममा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी ।  च्याम्पियनसिप क्लब फुलहमले लिभरपुलका विंगर ह्यारी विल्सनलाई अनुबन्ध गरेको छ । विल्सनले फुलहमसँग पाँच वर्षको सम्झौता गरेका छन् ।

फुलहमले २४ वर्षीय विल्सनलाई  १२ मिलियन पाउण्डमा अनुबन्ध गरेको हो।  वेल्सका विंगरले पछिल्लो सिजन कार्डिफ सिटीबाट लोनमा खेलेका थिए ।

गत सिजन ३७ खेलमा उनले ७ गोल गरेका थिए । यस्तै फुलहमले गोलकिपर पाउलो गज्जानिगालाई समेत अनुबन्ध गरेको छ । २९ वर्षीय अर्जेन्टिनाका गोलकिपरले क्लबसँग दुई वर्षको सम्झौता गरेका छन् । उनी टोटेनहमबाट फुलहम गएका हुन्। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।