सरकारको पहिलो प्राथमिकता नागरिकको जीवनरक्षा गर्नु नै हो : गृहमन्त्री

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नवनियुक्त गृहमन्त्री बालकृष्ण खाणले आफ्नो पहिलो प्राथमिकता नागरिकको जीवनरक्षा रहेको बताएका छन् ।

नवनियुक्त गृहमन्त्री बालकृष्ण खाणले आफ्नो पहिलो प्राथमिकता नागरिकको जीवनरक्षा रहेको बताएका छन् ।  गृह मन्त्रालयको जिम्मेवारी सम्हालेपछि न्युज एजेन्सीसँगको अन्तर्वार्तामा उनले सरकार अनि राज्य प्रणालीको सुरुवात नै नागरिकको जीवनरक्षाका लागि भएको र शासन व्यवस्थाभित्रको नागरिकको जीवनरक्षा नै आफ्नो पहिलो दायित्व भएको बताए ।

जुनकुनै कारणले होस् कुनै पनि नागरिकले अकालमा मृत्युवरण गर्नुहुँदैन भन्ने नै मूल मर्मका साथ काम गर्ने उनले स्पष्ट पारे । उनले भने, ‘गृह मन्त्रालयका थुप्रै कार्यक्षेत्रहरू छन् । त्यसलाई पनि हामीले परिष्कृत गर्दै राम्रो गराउँदै जाने हो ।’

उनले राजनीतिक विचारधाराबाट परिचालित नभई काम, कर्तव्य, भूमिका र योगदानको आधारमा सुरक्षा निकायलाई प्रोत्साहित तथा उत्साहित गरी मनोबल बढाउने भूमिकामा आफू रहने स्पष्ट पारे । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।