काठमाडौं । नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक सौरभ राणालाई प्रहरी नायब महानिरीक्षक पदमा बढुवा गर्नका लागि सिफारिस गरिएको छ ।
राणा हाल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय भैरहवामा कार्यरत छन् ।
जनपद प्रहरी समूहतर्फबाट प्रहरी नियमावली २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम ४ को प्रावधानअनुसार सिफारिस गरिएको हो।
राणा प्रहरी महानिरिक्षक शैलेश थापा क्षेत्रीका ब्याचमेट हुन्।
Comment