काठमाडौं । सडकमा छाडा छोडिएका चौपायाका कारण रातको समयमा दुर्घटना हुने गरेको भन्दै ट्राफिक प्रहरीले चौपायामा टल्कने स्टीकर लगाउने अभियान सुरु गरेको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाको पहलमा ट्राफिक प्रहरी प्रभाग बल्खुले छाडा चौपायामा रातको समयमा टल्कने स्टिकर टाँसेको हो ।
अन्य स्थानको तुलनामा बल्खुमा छाडा छोडिएका चौपायाको संख्या धेरै भएकाले बल्खुलाई पहिलो प्राथमिकतामा राखिएको प्रभागका प्रहरी नायव निरिक्षक (सई) मिलन कुमार सिंहले बताए ।
रातको समयमा चौपायाहरु सडकमा आउने र चालकले नदेख्ने हुँदा दुर्घटना हुने गरेको सिंहले जानकारी दिए । उक्त अभियान उपत्यकाभरि नै चलाइने सिंहले बताए ।
यस्तै ट्राफिक प्रहरीले कोभिड–१९ बाट बँच्न सडक प्रयोगकर्तालाई मास्क लगाउन सचेतना अभियानलाई पनि निरन्तरता दिएको छ । उपत्यकाका सार्वजनिक सवारीहरुमा स्वास्थ्य मापदण्ड पालना भए नभएको समेत अनुगमन भइरहेको महाशाखाले जनाएको छ ।
Comment