कांग्रेस महाधिवेशनको कार्यतालिका प्रभावित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १४औं महाधिवेशन धकेलिने भएको छ । 

क्रियाशील सदस्यता विवाद हल नहुँदा नेपाली कांग्रेसको महाधिवेशन कार्यतालिका भन्दा एक सातादेखि १० दिनसम्म महाधिवेशन धकेलिने भएको हो । निर्धारित मितिमा सदस्यता बिबाद समाधान नहुँदा महाधिवेशन नै प्रभावित हुनसक्ने देखिएको हो ।

त्यस्तै केन्द्रीय क्रियाशील छानबिन समितिको प्रतिवेदन केन्द्रीय समिति र सभापति शेरबहादुर देउवालाई पेश गर्न ढिलाइ भएको छ।

यस्तै  बारा तथा सप्तरीलगायत केही जिल्लामा नयाँ क्रियाशील हालका लागि स्थगित गरिएपछि वडा अधिवेशन सार्ने तयारी भएको एक नेताले जानकारी दिए।  कार्यतालिकाअनुसार साउन १२ गते देशैभरका वडा अधिवेशन हुनुपर्ने हो।

तर सोमबारसम्म क्रियाशील सदस्यताको अन्तिम सूची सार्वजनिक भइसकेको छैन। छानबिन समितिले केन्द्रीय समिति र सभापति देउवालाई क्रियाशीलको सूची बुझाएपछि अध्ययनपछि सभापति देउवाले केन्द्रीय निर्वाचन समितिलाई नामावली बुझाउँछन्।

वडा अधिवेशनका मतदाता क्रियाशील सदस्य भएकोले पहिले क्रियाशीलको टुंगो लगाउनुपर्ने हुन्छ। कांग्रेसले भदौ १६ देखि १९ सम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने तयारी गरेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।