तीन सहसचिवलाई सचिवमा बढुवा गर्ने मन्त्रिपरिषदको निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । तीन सहसचिवलाई सरकारले सचिवमा बढुवा गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रशासन सेवातर्फका दुई र प्राविधिक स्वास्थ्य सेवातर्फका एक गरी तीन सहसचिवलाई सचिवमा बढुवा गरेको हो।

बढुवा सिफारिस समितिले सिफारिस गरेका सात सहसचिवमध्ये ज्येष्ठताका आधारमा सहसचिव किरणराज शर्मा र कार्यसम्पादन मूल्याङ्कनका आधारमा सहसचिव डा.रामप्रसाद घिमिरेलाई सचिवमा बढुवा गरिएको एक मन्त्रीले जानकारी दिए।

बढुवा सिफारिस समितिको केही दिनअघि बसेको बैठकले जेष्ठतातर्फ शर्माको नाम मात्रै सिफारिस गरेको थियो भने कार्यसम्पादनतर्फ घिमिरेसँगै दोस्रो नम्बरमा हरिप्रसाद मैनाली र तेस्रो नम्बरमा डिल्लीराज शर्माको नाम पनि सिफारिस गरेको थियो।

प्राविधिकतर्फ स्वास्थ्य सचिवमा डा. रोशन पोखरेललाई बढुवा गरिएको छ। सोमबार दिउँसो बसेको बढुवा सिफारिस समितिको बैठकले पोखरेलसँगै दोस्रो नम्बरमा डा. दिपेन्द्ररमण सिंह र तेस्रो नम्बरमा महेन्द्रप्रसाद श्रेष्ठको नाम सिफारिस गरेको थियो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।