ओली सरकारले गरेका ११ देशका राजदूत नियुक्ति खारेज गर्ने मन्त्रिपरिषद्को निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा नियुक्तिका लागि पठाइएका ११ राजदूतको सिफारिश खारेज गर्ने निर्णय गरेको छ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले केपी ओली सरकारले गरेको राजदूत नियुक्ति खारेज गरेको बताइएको छ। संसदीय प्रक्रिया छलेर राजदूत नियुक्ति गरिएकाले सरकारले राजदूत नियुक्ति खारेज गरेको हो।

ओली नेतृत्वको सरकारले १ जेठमा ११ राजदूत नियुक्तका लागि सिफारिश गरेकाे थियाे।

रुसका लागि डा.जंगबहादुर चौहान, बहराइनका लागि युवराज कार्की, दक्षिण कोरियाका लागि कृष्णचन्द्र शर्मा, श्रीलंकाका लागि रमेशचन्द्र पौडेल, अस्ट्रेलियाका लागि सुम्निमा तुलाधर (प्रधान), म्यानमारका लागि नारायणप्रसाद संग्रौला, ब्राजिलका लागि कुलप्रसाद नेपाल, डेनमार्कका लागि सुमित्रा सुवेदी भण्डारी, साउदी अरबका लागि मेराज मुसलमान, इजिप्टका लागि जीवनप्रकाश श्रेष्ठ र अस्ट्रेलियाका संयुक्त राष्ट्रसंघका लागि स्थायी प्रतिनिधि निर्मलराज काफ्लेलाई राजदूतका लागि सिफारिश गरिएको थियो।

ती सबै सिफारिश खारेज गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।