काडमाडौं । नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक आज (सोमबार) बस्दै छ।
एमाले कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार आज बिहान ११ बजे ललितपुरको च्यासलस्थित तुल्सीलाल अमात्य स्मृति प्रतिष्ठानमा बैठक बस्न लागेको हो।
आजको बैठकमा पछिल्ला राजनीतिक घटनाक्रम तथा पार्टीको आन्तरिक गतिविधिबारे छलफल हुने बताइएको छ।
आजको बैठकमा प्रधानामन्त्री शेरबहादुर देउवाको पक्षमा मत दिने सांसदलाई कारबाही गर्ने विषयमा समेत छलफल हुने एक नेताले बताए।
Comment