आजदेखि काठमाडौंमा जोन्सन एन्ड जोन्सनको खोप लगाइँदै, प्रधानमन्त्रीले निरिक्षण गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अमेरिकी कम्पनी जोन्सन एन्ड जोन्सनले बनाएको कोरोनाविरुद्धको खोप लगाउने कार्यक्रम आजबाट नेपालमा सुरु हुँदैछ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार सो खोप लगाइने केन्द्रहरूको स्थलगत निरीक्षण गर्ने भएका छन् । 

सोही क्रममा प्रधानमन्त्री देउवाले काठमाडौं उपत्यकाका नेपाल अर्थोपेडिक अस्पताल, जोरपाटी, महाराजञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, वीर अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायत स्वास्थ्य संस्थाहरूको स्थलगत निरीक्षण एवम् अनुगमन गर्ने कार्यक्रम रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

देउवाले प्रधानमन्त्रीमा नियुक्त भएसँगै कोरोना महामारी रोकथामको कामलाई प्राथमिकतामा राखेका छन् । यसअघि उनले मन्त्रालयका सचिवलगायतका अधिकारीलाई बोलाएर कोरोनाको खोप खरिदलाई चुस्त रूपमा अघि बढाउन र खोप केन्द्रहरू बढाएर सहज रूपमा खोप लगाउने व्यवस्था मिलाउन निर्देशन दिएका थिए ।  

प्रधानमनत्री देउवाले कोरोनाको तेस्रो लहरको पूर्वतयारीका लागि सीमानाकाहरूमा होल्डिङ सेन्टर बनाउन, परीक्षणको दायरा बढाउन र अस्पतालमा अक्सिजन, बेड र आइसियूको प्रबन्ध गर्न पनि निर्देशन दिएका थिए ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।