काठमाडौं । राप्रपाका एक्ला सांसदले शेरबहादुर देउवालाई विश्वासको मत नदिने भएका छन् ।
प्रतिनिधि सभामा एक सिट रहेको राप्रपाले तटस्थ बस्ने निर्णय गरेको जानकारी सांसद राजेन्द्र लिङ्देनले जानकारी दिए।
उनले केहीछिनमै प्रधानमन्त्रीमा विश्वासको मत पाउन लागेका देउवालाई बधाई तथा शुभकामना भने दिए ।
उनले राम्रो काम गरेर जनताको मनमा बस्न आग्रह गर्दै नराम्रो काम चाहिँ गर्दै नगर्न सचेत गराए । उनले बालुवाटारलाई पार्टी कार्यालय जस्तो नबनाउन पनि आग्रह गरे ।
Comment