महन्थ ठाकुर पक्षले पनि प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । जनता समाजवादी पार्टी जसपाका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई विश्वासको मत दिने बताएका छन्।

प्रतिनिधिसभामा प्रधानमन्त्री देउवाले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले देउवा सरकारलाई विश्वासको मत दिने जनाएका हुन् । 

उनले भने, ‘प्रधानमन्त्री देउवालाई हार्दिक बधाइ दिन चाहन्छु र मेरो हार्दिक शुभकामना पनि छ । उहाँले जुन प्रस्ताव राख्नु भएको छ, त्यसको समर्थनमा मत दिन्छौं ।’

उनले अहिले देशमा देखिएको संकट संविधानकै कारण आएको दावीसमेत गरे । संविधानको कुनै पनि धारा कार्यान्वयनमा जाँदा त्यहाँ व्यवधान र अवरोध देखिने गरेको भन्दै उनले संविधान संशोधन हुनुपर्ने आफ्नो माग कायम रहेको बताए ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।