एमाले स्थायी कमिटी बैठक बस्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा एमाले स्थायी कमिटी बैठक आज बस्दैछ । 

एमाले कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार आज बिहान ११ बजे ललितपुरको च्यासलस्थित तुल्सीलाल अमात्य स्मृति प्रतिष्ठानमा बैठक बस्न लागेको हो। आजको बैठकमा केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गरिने उनले बताए।

एमाले केन्द्रीय कमिटी बैठक भोलि बिहान ११ बजे तुल्सीलाल अमात्य स्मृति प्रतिष्ठानमै बोलाइएको छ। पार्टी संरचनालाई २०७५ जेठ २ गते अगाडिकै अवस्थामा फर्काउन स्थायी कमिटी बैठकमा नेपाल पक्षलाई पनि बोलाइएको छ। तर, वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको सहभागी हुने वा नहुने निश्चित भएको छैन।

शुक्रबार पनि एमाले स्थायी कमिटी बैठक त्यहि बसेको थियो। त्यसदिन भने नेपाल पक्ष सहभागी भएको थिएन।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।