एनआइसी एसिया क्यापिटलको अध्यक्षमा ढकाल नियुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । एनआइसी एसिया क्यापिटलको सञ्चालक समिति अध्यक्षमा कपिल ढकाल नियुक्त भएका छन्। 

क्यापिटलको शुक्रबार सम्पन्न सञ्चालक समितिको ९२ औं बैठकले उनलाई अध्यक्ष नियुक्त गरेको हो। यसभन्दा पहिला ढकाल एनआईसी एसिया बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत थिए । डेलोइट इन्डिया, आइसीआइसीआइ बैंक र हाम्रो विकास बैंकमा काम गरेको अनुभव भएका ढकाल चार्टर्ड एकाउन्टेन्ट पनि रहेको क्यापिटलद्धारा जारी विज्ञप्तिमा उल्लेख छ।  

उनले एनआई सी एशिया बैंकको हालको बिजनेस प्रोसेस री–इन्जिनियरिङ विभागको प्रमुखका रूपमा पनि काम गरिसकेका छन्। बैंकको उच्च व्यवस्थापन तहमा रहेर १२ वर्ष भन्दा बढीको बैंकिङ अनुभव हासिल गरेका ढकाल हाल एनआइसी एसिया लघुवित्त वित्तीय संस्थामा पनि अध्यक्ष छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।