प्रचण्ड, नेपाल र विप्लवबीच भेटवार्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल निवास कोटेश्वरमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता नेपाल र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ बीच भेटवार्ता भएको छ ।

अध्यक्ष प्रचण्डका स्वकीय सचिव गंगा दाहालकीअनुसार तीन नेताबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको हो । छलफलमा नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य धमेन्द्र बाँस्तोला ‘कञ्चन’पनि सहभागी छन् । यसअघि बुधबार (हिजो) अध्यक्ष प्रचण्डलाई भेट्न नेताद्वय विप्लव–कञ्चन खुमलटार नै पुगेका थिए । भेटमा विप्लवले पूर्वमाओवादी ध्रुवीकरण हुनुपर्ने विचार विप्लवले राखेका थिए भने अध्यक्ष प्रचण्डले मननीय कुरा भन्दै छलफल अगाडि बढाउनुपर्ने बताएका थिए ।

सरकार परिवर्तन हुनुबित्तिकै विप्लवको बढाएको सक्रियतालाई प्रमुख रुपमा हेरिएको छ । यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले ०७५ फागुन २८ गते प्रतिबन्ध लगाएको विप्लव समूहलाई ओली सरकारले नै ०७७ फागुन २१ गते मूलधारको राजनीतिमा समाहित गराएको थियो । विप्लव समूह मूलधारमा आएसँगै ओली सरकारले विप्लव समूहसँग तीनबुँदे सहमति भएको थियो । सहमति बुँदाकाअनुसार विप्लव समूहका सबै बन्दी नेताहरुलाई बिनासर्त रिहा गर्नुपर्ने वचनबद्धता गरिएको छ ।

सहमतिको ४ महिनापछि पनि बन्दी नेताहरु नछुटेपनि विप्लव समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लगायतका नेताहरु गत असार २० गते बालुवाटार पुगेर आफ्नो नेताहरु ‘चाँडै छुटून्’ भन्ने सन्देश छाडेका थिए । जवाफमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘तपाईंहरुको मागप्रति ध्यानाकर्षण भएको छ’ भनेका थिए ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।