नेपाल राष्ट्र बैंकद्वारा मोबाइल एप सार्वजनिक, के-के छ सुविधा ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल राष्ट्र बैंकले मोबाइल एप सार्वजनिक गरेको छ।

बुधबार आयोजित’भर्चुअल’ कार्यक्रममा डेपुटी गभर्नर डा।नीलम ढुंगाना तिम्सिनाले नेपाल राष्ट्र बैंकु नामको मोबाइल एपको शुभारम्भ गरेकी हुन्।

बैंकको वेबसाइटमा राखिएका नियमित सूचना, जानकारी, विदेशी विनिमयदर, अध्ययन प्रतिवेदन, तथ्यांक लगायतका सामाग्री उक्त एपबाट प्राप्त गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। उक्त एप हालको निम्ति बेटा भर्सनमा उपलव्ध छ।

प्रयोगकर्ताको सुझावको आधारमा यसलाई परिस्कृत गर्दै लगिने राष्ट्र बैंकले जनाएको छ। हाललाई मोबाइल एप एन्ड्रोइड अपरेटिङ सिस्टमको मोबाइलमा उपलव्ध हुनेछ।

उक्त एपलाई क्रमिक रूपमा आईओएस अपरेटिङ सिस्टममासमेत विस्तार गरिने बैंकले जनाएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।