कोरोना उपचार र नियन्त्रणलाई प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ  । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोनाको उपचार, रोकथाम र नियन्त्रणलाई अझ चुस्त एवम् प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।

कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र ९सिसिएमसी० का गतिविधिबारे बुधबार सम्बद्ध पदाधिकारीसँग जानकारी लिँदै उनले त्यस्तो निर्देशन दिएका छन्।

बैठकमा मन्त्रिपरिषद्का सदस्य तथा मुख्यसचिव शङ्करदास वैरागीलगायत उच्च अधिकारी उपस्थित थिए।

देउवा नेतृत्वको सरकारले चैतभित्र सबै नेपालीलाई कोरोनाविरूद्ध खोप लगाउने निर्णय गरेको थियो।

मंगलबार कार्यभार सम्हालेपछि प्रधानमन्त्री देउवाले राखेको पहिलो मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको थियो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।