जाँदाजाँदै ओली सरकारको उपहार, गाडी भाडा २८ प्रतिशतसम्म वृद्धि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । जाँदाजाँदै निवर्तमान प्रधानमन्त्री खड्गप्रसाद ओली नेतृत्वको सरकारले सार्वजनिक यातायातको भाडादर वृद्धि गरेको छ ।

असार २७ गते तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङको मन्त्रीस्तरीय निर्णयबाट लामो दूरीमा चल्ने सार्वजनिक यातायातको भाडादर २८ प्रतिशतसम्म वृद्धि गरेको हो ।

सरकारले पेट्रोलियम पदार्थ, गाडीका पार्टपूर्जाको मूल्यवृद्धि, श्रमिकको पारिश्रमिक लगायतलाई आधार बनाएर २० देखि २८ प्रतिशतसम्म भाडा बढाएको हो ।

यातायात व्यवस्था विभागका अनुसार यात्रुवाहक सवारीमा २८ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक गाडीको भाडा २० प्रतिशत र तराईको बाटोमा गुड्ने मालवाहक सवारीको भाडा २६ प्रतिशत वृद्धि गरिएको छ ।

बढेको भाडा अन्तर प्रदेशमा संचालन हुने सवारी साधनमा असार २९ गतेदेखि लागू हुने गरी वृद्धि गरिएको विभागले जनाएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।