काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले अहिलेको सरकारले चुनौतीलाई अवसरमा बदलेर जिम्मेवारी पूरा गर्ने विश्वास लिएको बताएका छन् ।
नवनियुक्त प्रधानमन्त्री देउवालाई बधाई दिँदै नेता थापाले अहिलेको सरकारलाई चुक्ने सुविधा नभएको भन्दै ओली सरकारबाट निराश जनतालाई आशा र भरोसा दिलाउनुपर्ने बताएका हुन् ।
उनले सामाजिक सञ्जालमार्फत लेखेका छन्, ‘एकातर्फ संविधान कार्यान्वयन गर्ने जिम्मेवारी छ,अर्को तर्फ ओली सरकारको अकर्मण्यताले महामारी लगायतका समस्यामा भोग्नु परेको सास्तीबाट निराश जनतालाई आशा र भरोसा दिलाउनु छ। हामीलाई चुक्ने सुविधा छैन,यो चुनौतीलाई अवसरमा बदलेर जिम्मेवारी पूरा गर्नुहुनेछ।
नव नियुक्त प्रम आदरणीय शेर बहादुर देउवालाई हार्दिक शुभकामना !’
Comment