काठमाडौंं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले सर्वोच्चको फैसलापछि पार्टी सभापति शेरबहादुर देउवालाई बधाई दिएका छन् ।
सर्वोच्च अदालतको प्रतिनिधि सभा पुनःस्थापना सँगै देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेसँगै पौडेलले न्यायमूर्तिहरुको निर्णयले संविधान र लोकतन्त्र बचेको भन्दै देउवालाई बधाइ दिएका हुन् ।
उनले भनेका छन्–‘न्यायमूर्तिहरुलाई बधाइ छ, सर्वोच्चको आदेशले संविधान बच्यो, ७० वर्षदेखि जोगाउँदै ल्याएको लोकतन्त्र पनि बच्यो, मेरा मित्र शेरबहादुर जीलाई पनि बधाइ छ, यो जनताको जीत हो ।’
Comment