कञ्चनपुर । ६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा कञ्चनपुरको लालझाडी गाउँपालिका-४ बस्ने २५ वर्षीय दिनेश राना रहेको प्रहरीले जनाएको छ।
रानाले २०७७ फागुन १४ गते बेलौरी नगरपालिका-२ गोकुलपुरमा ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ आइतबार इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Comment