सर्वाेच्चको फैसला स्वागतयोग्य : माधव नेपाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सर्वोच्च अदालतले संसद् पुनःस्थापनासँगै दुई दिनभित्र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न भनेको परमादेशप्रति नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले त्यसको स्वागत गरेका छन् ।

सर्वोच्चले संविधानको रक्षा गरेको भन्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने सर्वोच्च अदालतको फैसलाको उनले स्वागत गरेका हुन् ।

उनले भने, ‘सर्वोच्चको फैसलाले लोकतन्त्र र संविधानको रक्षा गरेको छ । सबैलाई नैतिक मूल्य मान्यतामा रहन निर्देशन पनि दिएको छ । यो स्वागतयोग्य छ । र, यसले चार सन्देश दिएको छ ।’

उनका अनुसार पहिलो संविधानको रक्षा गरेर प्रधानमन्त्रीमा देउवालाई नियुक्ति गर्नु, दोस्रो प्रधानमन्त्रीले जथाभावी गर्न पाउँदैनन् र राज्यका अन्य निकाय पनि संविधानको दायरामा बस्नुपर्छ, तेस्रो फैसलाले हाम्रो संविधान र संसदलाई जोगाएको र जीवन दिएको र चौँथो दुबै पटक नै प्रतिनिधि सभा विघटन हुँदा सर्वोच्चले नै जोगाइदिएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।