यस्तो छ प्रतिनिधि सभा पुनःस्थापना गर्ने सर्वोच्चको फैसला (पूर्णपाठसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गत जेठ ८ गते राति दोस्रो पटक विघटन भएको प्रतिनिधि सभा पुनःस्थापित भएको छ । 

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा तथा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको इजलासले सोमबार प्रतिनिधि सभा पुनःस्थापना हुने अन्तिम आदेश जारी गरेको हो।

योसँगै प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटकको प्रतिनिधि सभा विघटनको प्रयास पनि असफल भएको छ ।

फैसलाको पूर्णपाठ न्यायाधिश ईश्वर खतिवडाले लेखेका थिए भने उनैले अदालतमा सो फैसला पढेर सुनाएका थिए ।

त्यस्तै अदालतले संविधानको धारा ७६ (५) अनुसार सरकार गठनको प्रक्रियामा सांसदहरुलाई दलको ह्वीप नलाग्ने ठहर गरेको छ ।

सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन बदर गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेपछि उनलाई समर्थन गर्ने सांसदहरूलाई पार्टीको ह्वीप नलाग्ने सर्वोच्चको आदेशमा उल्लेख छ ।

फैसलाको पूर्णपाठ:

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।