जसपा खारेजीको माग गर्दै सर्वोच्चमा रिट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । जनता समाजवादी जसपा खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

निर्वाचन आयोग र जसपालाई विपक्षी राजपाका तत्कालीन उपाध्यक्ष राजकुमार थापाको तर्फबाट अधिवक्ता हृदयराज मिश्रले आज दायर गरेको रिट निवेदनमा जसपालाई खारेज गर्न माग गरिएको हो ।

तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टी नेपालबीचको एकीकरण संविधान र कानूनी रुपमा अवैधानिक भएको  र कार्यसमितिमा ३३ प्रतिशत महिला पनि नभएको रिट निवेदनमा छ । रिट निवेदनमा मुद्दाको अन्तिम टुङ्गो नलागेसम्म जसपाको राजनीतिक क्रियाकलाप, सदस्य हेरफेर तथा अन्य सबै काम कारवाही यथास्थितिमा राख्न र राजनीतिक गतिविधिको सिलसिलामा हुने निर्णय समेत रोक्न आदेशको माग गरिएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।