एक महिनाअघि हराएकी महिलाको शव भेटियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जलेश्वर । एक महिना अघिदेखि हराएकी महोत्तरीको लोहरपट्टी नगरपालिका–७ भ्रमरपुराकी २६ वर्षीया सुजिता ठाकुरको शव आइतबार सेफ्टी ट्यांकीमा फेला परेको छ ।

उनी गत २० जेठदेखि हराएकी थिइन । प्रहरीले सुजिताको शव उनीहरुकै पेट्रोल पप्प नजिक रहेको सेफ्टी ट्यांकीमा फेला परेको जनाएको छ । 

एक महिनापछि शव फेला परे पनि उनको परिवारले पहिचान गरेको प्रहरीले बतायो । महोत्तरीका प्रहरी उपरीक्षक (एसपी) दिनेश आचार्यले चिन्न सक्ने अवस्थाकै भएर परिवारले शव सुजिताकै भएको पहिचान गरेको बताए । उनले लगाएको बालाबाट पनि पहिचान खुलेको प्रहरीको भनाइ छ । 

सुजिताका माइतीले उनको हत्या भएको आरोप लगाएको छ । प्रहरीले घटनाको अनुसन्धान गर्न सुजिताका श्रीमान् मुकेश ठाकुरलगायत केही व्यक्तिलाई पक्राउ गरेको छ ।

आचार्यले अनुसन्धानका लागि केही व्यक्तिलाई नियन्त्रणमा लिएको बताए । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।