यूरोकप फुटबलको उपाधिका लागि इटाली र इंग्ल्याण्ड भिड्दै, कस्ले मार्ला बाजी ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । १६औँ संस्करणको युरो कप फुटबल प्रतियोगिताको फाइनल खेल आइतबार (आज) हुँदै छ ।

लन्डनस्थित वेम्ब्ली स्टेडियममा नेपाली समयानुसार राति १२ः४५ बजे हुने उपाधि भिडन्तमा इङ्ग्ल्यान्ड र इटालीले प्रतिस्पर्धा गर्नेछन् ।

उक्त फाइनलमा इटाली दोस्रो उपाधि जित्ने दौडमा हुनेछ भने इङ्ग्ल्यान्ड पहिलो । यसअघि इटालीले सन् १९६८ मा घरेलु मैदानमा भएको युरो कपको उपाधि जितेको थियो । उसले युगोस्लाभियालाई फाइनलमा रोक्दै उपाधि जितेको थियो ।

सोही संस्करणमा इङ्ग्रल्यान्ड तेस्रो स्थानमा सीमित बनेको थियो । इङ्ग्ल्यान्ड दोस्रो पटक सन् १९९६ मा आफ्नै मैदानमा आयोजना भएको युरोमा पनि तेस्रो स्थानमा सीमित बन्न पुगेको थियो । सन् २०२० को संस्करणमा भने इङ्ग्ल्यान्ड फाइनलमा पुगेको छ ।

इङ्ग्ल्यान्ड युरो कपको इतिहासमा पहिलो पटक फाइनल पुगेको हो । सेमिफाइनलमा इङ्ग्ल्यान्डले डेनमार्कलाई स्तब्ध बनाउँदा इटालीले तीन पटकको विजेता राष्ट्र स्पेनलाई रित्तो हात घर फर्काएको थियो ।

इटालीको यो मुख्य प्रतियोगितामा १०औँ फाइनल यात्रा हो । यसअघि इटालीले विश्वकपमा ६ र युरोमा चार पटक फाइनल खेलिसकेको छ ।

इङ्ग्ल्यान्ड र इटालीले हालसम्म २७ खेलमा एक–अर्काविरुद्ध खेलेका छन्, जसमा इटाली हाबी हुँदै आइरहेको छ । इङ्ग्ल्यान्डविरुद्ध इटालीले ११ खेलमा जित हात पारेको छ । इङ्ग्ल्यान्डले भने आठ खेलमा जित निकालेको छ । दुई टिमबीचको आठ खेल बराबरीमा सकिएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।