गोरखा र स्याङ्जामा कोरोना भाइरसको नयाँ भेरियन्ट भेटियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। गण्डकी प्रदेशमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट फेला परेको छ । स्याङ्जा र गोरखामा कोरोनाको डेल्टा भेरियन्ट फेला परेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका अनुसार नयाँ भेरियन्टको आशंकामा नमूना परीक्षणका लागि काठमाण्डुस्थित जनस्वास्थ्य प्रयोगशालामा पठाएकोमा स्याङ्जाका २ र गोरखाका ३ गरि ५ जनाका डेल्टा भेरियन्ट संक्रमण पुष्टि भएको हो ।

डेल्टा भेरियन्ट यसअघिको अल्फा भेरियन्ट भन्दा बढी संक्रमित हुने भएकोले सचेतना अपनाउन निर्देशनालयले आग्रह गरेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।