२०२१ भित्रै सबै नागरिकलाई खोप लगाइसक्छौँ : प्रधानमन्त्री ओली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले अव नेपालमा कोरोना भाइरसविरूद्धको खोपको अभाव नहुने दाबी गरेका छन् ।

आइतबार बिहान वीर अस्पतालको नवनिर्मित सर्जिकल भवनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा अब कोरोनाविरुद्धको खोपको अभाव नहुने बताएका हुन् ।

उद्घाटनका क्रममा प्रधानमन्त्री ओलीले सन् २०२१ को अन्त्य सम्ममा सबै नागरिकलाई खोप लागाइसक्ने दाबी गरे ।

हाल खोप आउने क्रम जारी रहेकाले निरन्तर रुपमा खोप उपलब्ध गराइने उनले बताए । केही दिन अघि छिमेकी राष्ट्र चीनबाट खोप आएको र भोलि पनि खोप आउने प्रधानमन्त्ती ओलीले जानकारी दिए ।

२०७४ साल फागुनमा प्रधानमन्त्री ओलीबाटै शिलान्यास भएको उक्त भवन समयभित्रै निर्माण सम्पन्न गरेकोमा शर्मा निर्माण कम्पनीलाई ओलीले धन्यबाद दिए ।

उक्त कार्यक्रममा अस्पतालका प्रमुख डा. जागेश्वर गौतमले वीर अस्पताल हाल कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालको रुपमा सञ्चालित रहेको भन्दै नवनिर्मित भवनबाट आधुनिक चिकित्सा प्रणाली अपनाइ जारी महामारी नियन्त्रणमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।

यस भवनमा कोरोना संक्रमितलाई राखेर यसअघिदेखि नै उपचार सुचारु भइसकेको छ । अण्डरग्राउण्ड २ सहित ९ तल्ले यो ब्लक निर्माणका लागि जे.आई.इसी तथा शर्मा रसुवा कन्स्ट्रक्सन प्रालिले दुई अर्ब ३४ करोड रुपैयाँमा ठेक्का लिएको थियो। उद्घाटन नभईनै यो ब्लकमा कोरोना संक्रमितलाई राखेर उपचार गरिएको थियो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।