युरोकप खेलमा सट्टेबाजी खेलाउने ५ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर । १६ औँ संस्करणको युरोकप फुटबल २०२० लगायतका खेलहरुमा सट्टेबाजी गर्ने ५ जनालाई  महानगरीय प्रहरी परिसर ललितपुरले नगदसहित पक्राउ गरेको छ।

परिसरका अनुसार पक्राउ पर्नेहरुमा पक्राउ पर्नेहरूमा ललितपुर महानगरपालिका-५ थसिखेल बस्ने ३२ वर्षीय दिप्जल ढुंगाना, सोही महानगरपालिका-२ सानेपा बस्ने २६ वर्षीय आशिष सिंह, सोही महानगरपालिका-११ कोवाहाल बस्ने ४२ वर्षीय राजु महर्जन, सोही महानगरपालिका-१६ धापागल बस्ने ३८ वर्षीय बिनोद महर्जन र सोही महानगरपालिका-१२ टंगाल बस्ने २९ वर्षीय सफिर राज राजकर्णिकार रहेका छन् ।

युरोकप खेलहरुको सामाजिक संजाल प्रयोग गरी अनलाइनको माध्यमबाट प्रत्येक खेलमा बाजी थापी धेरै ठुलो धनराशि हारजित हुने गरेको भन्ने बिशेष सूचनाको आधारमा खटिएको प्रहरीले सट्टेबाजीमा प्रयोग भएका मोबाइलहरु सहित उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरू उपर अपराध संहिता २०७४ को दफा १२५ को उप दफा ४  सम्बन्धि कसूर मुद्दामा ललितपुर जिल्ला अदालतबाट ७ दिन म्याद थप भई अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।